आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले यूएईलाई १ सय ७७ रनले हरायो

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयो...

नेपालले यूएईलाई दियाे २ सय ४९ रनकाे लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे...

यूएईविरुद्धको खेलमा कप्तान रोहित पौडेलको अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । आइतबार नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले ८३ बलमा सात चौकासहित ५० रन पूरा गरे । नेपालले...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एन्फा मैदान र च्यासल मैदानमा खेल हुनेछ । एन्फा मैदानमा हुने खेलमा मनाङ मस्यार्ङ्दी क्लब र मच्छिन्द्र क्लब दिउँसो साढे २ बजे खेल्दैछन् ।...

‘ए’ डिभिजन लिगमा थ्री स्टारले खुमलटारलाई हरायाे

शहीद स्मारक ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई हराएकाे छ । एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे खेलमा थ्री स्टारले खुमलटारलाई २–० गाेल अन्तरेले हरायाे । थ्री स्टारका लागि अजयी मार्टिन्सले २ गाेल गरे...

आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा युएईलाई २४७ रनको लक्ष्य

आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी(पीएनजी) ले यूएईलाई जितका लागि २ सय ४७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तेस्रो चरणको खेलहरु हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारबाट तेस्रो चरणको खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् । एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने...

नेपालले पीएनजीलाई ५२ रनले हरायाे

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएकाे छ । नेपालले दिएकाे २ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भयाे । पीएनजीका लागि टाेनी...

एकदिवसीय क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

एकदिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा नेपालले दुई सय ९७ रन बनाएको हो । यो नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो...

आसिफ शेख बने एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी

काठमाडौं। आसिफ शेख नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको...