आज सुनचाँदीको मूल्य घट्यो

 साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रूपैयाँले घटेर एक लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको...

आज पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना

आज पनि पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश १ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको...

अर्जेन्टिनाका कप्तान मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड  स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई यसवर्षको फिफा विश्व कप...

झापाकाे चारआलीमा मृत भेटिएका दम्पतीको पहिचान खुल्याे

झापाको मेचीनगरमा रहेकाे चारआली जङ्गलमा भेटिएका दम्पतीकाे शवको पहिचान खुलेको छ । शव अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उहाँकै श्रीमती सन्जुकाे रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतीको कुहिन लागेको शव हिजाे सोमवार दिउँसो भेटिएको थियो । दुवैको शव ७०...

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई चारवटा फौजदारी अभियोग लगाउन सिफारिस

अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चारवटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । झण्डै दुई वर्षअघि अमेरिकाको संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको समितिले ट्रम्पलाई फौजदारी अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो । डेमोक्र्याटिक नेतृत्वको समितिले...

खोटाङमा भएको आगलागीबाट झण्डै ५ करोड बराबरको क्षति

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा हिजो भएको आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा डिल्लीकुमार...

मापदण्ड विपरीतका साइन बोर्ड हटाउन काठमाण्डौ महानगरको ताकेता

काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका परिचय पार्टी अर्थात् साइन बोर्ड नराख्न र राखेको भएमा १५ दिनभित्र हटाउन पुनः अनुरोध गरेको छ । महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका  क्षेत्रभित्र  व्यापार  गर्ने  सङ्घ,  संस्था,  वित्तीय  संस्था,  सरकारी...

चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधि मन्त्री याछिङ बर्खास्त

चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । उहाँले सीपीसीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप छ । शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा सियाओले आफ्नो काममा निष्पक्षतामाथि सम्झौता गरेको र अरूबाट ठूलो रकम...

शेयर बजार सामान्य बढ्याे

आज साेमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ । आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर...

कतार विश्व कपमा अहिलेसम्मकै सर्वाधिक गाेलकाे रेकर्ड

कतारमा सम्पन्न विश्व कप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो वर्ष कतारमा सम्पन्न विश्व कपमा एक सय ७२ गोलको कीर्तिमान बनेको छ । आइतवार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्व कप फाइनलमा दुवै टिमले...