सुनकाे भाउ आज चार सय रुपैयाँले घट्याे
सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीकाे १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजाे...
वायुसेवा निगम र आन्दोलनरत पक्षबीच सहमति : नियमित उडान सुरु
विमान परिचारिका अर्थात् ‘क्याबिन क्रु’ को आन्दोलनका कारण रोकिएको नेपाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को नियमित उडान सुरु भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बुधवार र बिहीवार उडान...
बसको ठक्करबाट कञ्चनपुरमा विद्यार्थीको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको ज्यान गएकाे छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
रुसद्वारा युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण : दुई जनाको ज्यान गयो
रुसले युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण गरेको छ । पछिल्लो आक्रमणका कारण कम्तीमा दुई जनाको ज्यान गएको छ । आक्रमणका कारण सहर पूर्ण रुपमा उर्जाबिहीन भएको र खेरसान क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ । युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो...
प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना
प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने जनाएको थियो । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन...
देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली
देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको...
लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । कांग्रेसको भातृ संस्था तरुण दललगायतले आजको दिनलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा मनाउँदै आएका छन् । २०१७ साल पुस १ गते...
मुस्ताङको थासाङमा दुर्घटना भएको जहाजका भग्नावशेष सङ्कलन
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एअरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ । गएकाे जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको ज्यान गएकाे थियाे। भौगोलिकरूपमा विकट र...
पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोष बर्खास्त
पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् । कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासङ्घले सान्तोष बर्खास्त गरेको हो । विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई...
तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको हत्यासम्बन्धी हजारौँ फाइल सार्वजनिक
तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी अनुसन्धानका हजारौँ फाइल सार्वजनिक गरिएको छ । ह्वाइट हाउसको आ १३ हजार १ सय ७३ वटा फाइल सार्वजनिक गरिएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा टेक्सासको भ्रमणका...