सांसदहरु काठमाण्डौमुखी भएर बस्न हुन्न : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाण्डौमुखी भएर बस्न नहुने बताउनु भएको छ । आज संसद् भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसद काठमाण्डौमुखी भए गाउँ जाँदा नागरिकले राँको बालेर लखेट्ने बताउनु भएको हो ।
यस्तै उहाँले अवलोकनका क्रममा उपसभामुख पदलाई हेप्ने गरेको पाएको बताउनुभएको छ । उहाँले उपसभामुखलाई उप/चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताउनु भयो । आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गर्दा यस्तो पाइएको उहाँले बताउनु भएको हो ।
उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरेर गाउँघरका समस्यालाई संसदमा उठाउनुपर्ने बताउनु भएको छ ।