चलचित्र ‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित

भूगाेल संवाददाता
२४ माघ २०७९, मंगलवार ११:४४

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबलस् अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् ।

निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मुख्य कलाकारमा नाजिर र मलिका भित्रिएको जानकारी दिएका छन् । यसअघि चलचित्रमा अभिनेता सौगात मल्ल पनि अनुबन्धित भएका थिए ।

निर्देशक सौरभले नै चलचित्रको कथा लेखेका हुन् । दुई च्याप्टरमा निर्माण हुने चलचित्रमा उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । चलचित्रको छायांकन राजेश श्रेष्ठले गर्ने भएका छन् ।