रोनाल्डोको ४ गोलको मद्दतमा अल नासर विजयी

भूगाेल संवाददाता
२७ माघ २०७९, शुक्रबार ११:१३

साउदी प्रो लिग फुटबलमा क्रिष्टियानो रोनाल्डो सहभागी टिम अल नासर शीर्ष स्थानमा पुगेको छ ।

गएराति भएको खेलमा अल वेह्दालाई ४–० गोलले हराउँदै अल नासर शीर्ष स्थानमा पुगेको हो ।

अल नासरको जितमा क्रिष्टियानो रोनाल्डोले ४ गोल गरेका छन् । रोनाल्डोले २१, ४०, ५३ र ६१ मिनेटमा गोल गरेका हुन् । अल नासर १६ खेलमा ३७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

रोनाल्डो अघिल्लो महिना कीर्तिमानी मूल्यमा साउदी सुपर लिगको क्लब अल नासरमा आबद्ध भएका थिए ।