हेटौंडा अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरीय हुनेमा राष्ट्रपति भण्डारीको विश्वास

भूगाेल संवाददाता
९ फाल्गुन २०७९, मंगलवार १३:४८

हेटौंडा । राष्ट्रपति बिद्यादेवि भण्डारीले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्धघाटन गर्नुभएको छ । भवन उद्धघाटनपछि मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरिय हुनेमा बिश्वास व्यक्त गर्नु भयो। भण्डारीले स्वदेशमानै गुणस्तरिय स्वास्य सेवा र सर्भसुलभ ढंगले प्रतिष्ठानले आम जनतालाई सर्बसुलभ ढंगले सेवा दिन यस प्रतिष्ठानको महत्वपूर्ण भुमिका हुने उहाँले वताउनुभयो ।

अहिलेको समयमा सर्ने तथा नसर्ने रोगहरु फैलदै जानु चिन्ताको विषय भएको राष्ट्रपति भण्डारीले वताउनुभयो । जननेता मदन भण्डारीको नामबाट स्थापित यस अस्पतालले स्वास्थ्य उपचारमा राम्रो काम गरेको उहाँले वताउनुभयो ।

जनस्वास्थ्य कार्यक्रमलाई जनताको घरदैलो सम्म पुर्याउनका लागि उहाँले आग्रह गर्नुभयो । स्वस्थ व्यक्तिबाट मात्र उत्कृष्ट समाज निर्माण हुने वताउँदै उहाँले गुणस्तरिय सेवालाई आम नागरिक पुर्याउनु राज्यको दायित्व भएको वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतकाले आफ्ना धारणा राख्नुभयो ।
प्रतिष्ठानका उपकुलपति डाक्टर बिश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द् शर्मा, प्रदेशका मन्त्रीहरु, सांसदहरु, प्रदेशका सचिबहरु, कर्मचारीहरु लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रष्ठिानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यष राजेश प्रसाईले गर्नु भएको थियो ।