नेपालको पहिलो रक गायक मुकुन्द खड्काको निधन

भूगाेल संवाददाता
११ फाल्गुन २०७९, बिहीबार ११:०३

काठमाडौं । नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन भएको छ । उहाँको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो।

नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिकेका थिए ।

उनले गायक ओमविक्रम विष्ट, अरुण थापा , दिव्य खालिङ्गसित साङ्गीतिक सहकार्य गर्नु भएको छ । सन् १९५५ जनवरी १४ तारिखका दिन जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत हुन् ।

उनले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।