सन्दिप लामिछानेको मुद्धा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे सुवाइ हुँदैछ ।
आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा बहस हुनेछ ।
शुक्रबार नै लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित लामिछानेले विदेश जान अनुमती माग गरेको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।