त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पीएनजीलाई ४ विकेटले हरायो

भूगाेल संवाददाता
१५ फाल्गुन २०७९, सोमबार १८:४७

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पीएनजीलाई ४ विकेटले हराएकाे छ ।

पीएनजीले दिएकाे २ सय ४ रनकाे लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आसिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायाे । उसका आसाद भाला र चाद साेपरले समान ३६ रन बनाए ।बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै साेमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।