मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्छ : प्रचण्ड

भूगाेल संवाददाता
१७ फाल्गुन २०७९, बुधबार १६:५१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन् । बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  (निफ) का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै उनले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएको महोत्सव प्रमुख केपी पाठकले जानकारी दिए । त्यस अवसरमा निफ टोलीले प्रधानमन्त्रीलाई फेस्टिभलको प्रमुख अतिथिको निम्तो समेत दिएको थियो । चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने फेस्टिभलमा ३५ देशका ९६ फिल्म प्रदर्शन हुँदैछन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित हुने फेस्टिभल क्यूएफएक्सका काठमाडौं उपत्यकामा रहेका सिनेमा हलहरुमा आयोजना हुँदैछ ।