आजदेखि हलमा छक्का पञ्जा ४ र २.० छड्के प्रर्दशनमा

भूगाेल संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार १०:४३

काठमाडौं । आजदेखि हलमा दुई नेपाली चलचित्र छक्का पञ्जा ४ र २.० छड्के प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ र अनमोल केसी अभिनित २।० छड्के आजदेखि प्रदर्शनमा आएका हुन् । यी दुवै ‘सिक्ववेल मुभी ‘ हुन् ।

छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहेको छ ।

चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ । आमा सरस्वती मुभिज र आईएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनियाँ र केशव न्यौपाने हुन् ।

यो फिल्मको कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् भने चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

त्यस्तै, प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माणमा रहेको २।० छड्केलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । २।० छड्केमा मुख्य कलाकार अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।