शहीद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि सुरु हुँदै

भूगाेल संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार ११:३९

नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १ सय ८२ खेल हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ ।

फेयर प्ले टोलीले ३ लाख रुपैयाँ पाउनेछ ।