‘ए’ डिभिजन लिगमा एपीएफले थ्री स्टारलाई हरायो

भूगाेल संवाददाता
२० फाल्गुन २०७९, शनिबार १८:४१

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्री स्टार क्लबलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफले थ्री स्टारलाई २–० गोलले हराएको हो । एपीएफको जितमा कुमार लामा र अर्माण्ड विनोङले गोल गरे ।

अर्को खेलमा नव प्रवेशी टिम चर्च ब्वाइजले नेपाल पुलिस क्बललाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाईजले पुलिसलाई २–१ गोलले हरायो । चर्च ब्वाइजका लागि आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एकरएक गोल गरे । पुलिस क्लबका रवि पासवानले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन । चर्च ब्वाइज यसै वर्ष ए डिभिजन लिगमा बढुवा भएको हो ।

‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबिच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।