‘ए’ डिभिजन लिगमा सातदोबाटोसँग एनआरटीलाई हरायो, आर्मी र सङ्कटाले १/१ अङ्क बाँडे

भूगाेल संवाददाता
२१ फाल्गुन २०७९, आईतवार १८:१८

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) लाई हराएको छ ।

च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले एनआरटीलाई २–१ गोलले हरायो । सातदाेबाटाेका लागि दीपकराज ठकुरीले २ गोल गरे । एनआरटीका लागि निकोलस सङले १ गोल फर्काए ।

आजै दशरथ रङ्गशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी खेलका छन् । लिगमा अहिले मच्छिन्द्र फुटबल क्लब र जाउलाखेल युथ क्लबबीचको खेल चलिरहेको छ । मछिन्द्र लिगको साविक विजेता टोली पनि हो ।

‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।