भलिबलकी अरुणा शाहीलाई उत्कृष्ट महिला खेलाडीकाे अवार्ड

भूगाेल संवाददाता
२३ फाल्गुन २०७९, मंगलवार १७:५६

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीकाे अवार्ड जितेकी छिन् ।

मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर शाहीलाई वर्षकाे उत्कृष्ट महिला खेलाडीकाे अवार्ड दिएकाे हाे ।

अरुणाकाे कप्तानीमा नेपालले लगातार दाेस्राे पटक एभीसी एसियन सेन्ट्रल जाेनकाे उपाधि जितेकाे थियाे । उनी यस प्रतियाेगितामा ‘बेस्ट सेटर’ चुनिएकी थिइन् ।

अवार्ड जित्ने क्रममा अरुणाले क्रिकेटकी रुबिना क्षेत्री, सीता राना मगर, पुष्पा भण्डारी र वपुनम रावललाई पछि पारिन् ।