भारतीय गायक तथा कवि ओशो जैन नेपाल आउँदै

भूगाेल संवाददाता
२६ फाल्गुन २०७९, शुक्रबार १०:४७

काठमाडौं । भारतीय गायक तथा कवि ओशो जैन कन्सर्टमा प्रस्तुति दिनका लागि शुक्रबार नेपाल आउँदै छन् । अहिले युवापुस्तामाझ लोकप्रिय जैनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिन नेपाल आउन लागेका हुन् ।

उनले नेपालका प्यारा मानिसहरूको लागि गीत गाउँन पखाइमा छु भन्दै आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत पोस्ट सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । आयोजक संस्थाले जैनको प्रस्तुति हेर्नका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको छ ।

नेपाली गायिका सुरक्षा मल्लले पनि कार्यक्रममा गीत गाउने छिन् । काठमाडौं । काठमाडौंको घण्टाघरमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ । पैदलयात्री घाइते छन् ।

भोजपुरको षडानन्द गाउँपालिका–११ घर भई काठमाडौंमा बस्दै आएका अन्दाजी २३ वर्षीय सुजल छावुहाङ राईको मृत्यु भएको हो । उनको उपचारका क्रममा महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका पैदलयात्री काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशोककुमार महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान करिब ७ बजे बा६५प ५६०८ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।