‘ए’ डिभिजन लिगमा थ्री स्टारले खुमलटारलाई हरायाे

भूगाेल संवाददाता
२६ फाल्गुन २०७९, शुक्रबार १८:३०

शहीद स्मारक ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई हराएकाे छ ।

एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे खेलमा थ्री स्टारले खुमलटारलाई २–० गाेल अन्तरेले हरायाे । थ्री स्टारका लागि अजयी मार्टिन्सले २ गाेल गरे ।

याे जितसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जाेडेकाे छ । लगातार दोस्रो हार बेहोरेको खुमलटारको ३ खेलमा ३ अङ्क छ ।

त्यस्तै अर्काे खेलमा हिमालयन शेर्पा र चर्च ब्वाइज अहिले साढे ५ बजे दशरथ रङ्गशालामा खेल्दैछन् । लिगमा आजदेखि तेस्राे चरणका खेलहरू सुरु भएकाे हाे ।

यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।