भारतीय अभिनेत्ती माधुरी दीक्षितलाई मातृ शोक

भूगाेल संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १२:०३

एजेन्सी । भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार माधुरीकी आमा स्नेह लता दीक्षितको आइतबार बिहान पौने ९ बजे निधन भएको हो ।

स्नेह लताको ९१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साथै उनको अन्तिम संस्कार आइतबार दिउँसो ३ बजे गरिने बताइएको छ ।

आमाको निधनपछि माधुरीले पनि सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएकी छन् ।