ए डिभिजन लिग फुटबलमा आजदेखि चौथो चरणका खेल सुरु

भूगाेल संवाददाता
२९ फाल्गुन २०७९, सोमबार ११:३१

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चाैथाे चरणका खेल सुरु हुँदैछन् ।

प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।

हिमालयन ३ खेलमा ४ अङ्क जोडेर नवौँ स्थानमा छ भने खुमलटार ३ खेलमा ३ अङ्क जोडेर दशौँ स्थानमा छ ।

यस्तै बेलुका साढे ५ बजे दशरथ रंगशालामा रोयल ब्लू सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्ने छन् ।

आज सातदोबाटो लगातार चाैथाे जित निकाल्ने दाउमा हुनेछ भने थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ ।

सातदोबाटो ३ खेलमा ९ अङ्क जोडेर दोस्रो स्थानमा छ । थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।