त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालसँग पपुवा न्यु गिनी ९ विकेटले पराजित
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
पपुवा न्यु गिनी पीएनजी ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमासँगको खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो ।
नेपालका आशिफ शेखले अर्धशतक बनाए । उनले २१ बलमा ८ चौका, तीन छक्का हान्दै ५३ रन जोडे।
यस्तै, कुशल भुर्तेलले ३३ रन बनाए । उनले १४ बलमा चार चौका र २ छक्काको मद्दतमा ३३ रन जोड । यस्तै, कुशल मल्लले १२ रन जोडे ।
पीएनजीका चाड सोपरले एक विकेट लिए । यस अघि टस हारेर व्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाएको थियो ।
पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउले १८, चाल्स अमिनिले १६ र हिरि हिरिले १४ रन बनाए । अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, ललित नारायण राजवंशी र कुशल मल्लले २/२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।
जीतसँगै नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । नेपाल चौथो स्थानमा छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा आउँदो बिहीबार यूएईसँग खेल्नेछ ।
यो खेल जितेमा नेपाल सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ ।