आईसीसी विश्वकप लिग–२ : १७ औं ओभरको दोस्रो बलमा यूएईका कप्तान वासिम आउट

भूगाेल संवाददाता
२ चैत्र २०७९, बिहीबार ११:१३

काठमाडौं । आर्इसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिमलाई गुमाएको छ।

४६ बलमा अर्धशतक पूरा गरेका वासिमलाई सन्दीप लामिछानेले एलबिडब्लुको धरापमा पारेका हुन्। उनले ४९ बलमा ६ छक्का र २ चौकासहित ६३ रन बनाएका थिए।

दोस्रो विकेटका लागि वासिमले वृत्य अरबिन्दसँग ७९ रनको साझेदारी गरेका थिए।

त्यसअघि अर्का स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

युएईले १८ औं ओभरको समाप्तीमा १०० रन पूरा गरेको छ।