फ्रान्सकाे राष्ट्रिय फुटबल टाेलीकाे कप्तानमा एम्बाप्पे नियुक्त

भूगाेल संवाददाता
७ चैत्र २०७९, मंगलवार १७:२५

 फ्रान्सकाे राष्ट्रिय फुटबल टाेलीकाे कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् ।

पूर्वकप्तान ह्युगाे लाेरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टाेलीकाे नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगाेले गएकाे वर्षकाे फिफा विश्व कप फाइनलमा टाेलीकाे हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।

एम्बाप्पेले २४ वर्षकाे उमेरमा टाेलीकाे कप्तानी सम्हाल्ने भएका हुन् । उनकाे ध्यान अब आउँदाे वर्ष हुने युराे कपमा हुनेछ ।

पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्व कपकाे उपाधि जिताउन महत्त्वपूर्ण याेगदान पुर्‍याएका थिए । यस्तै गएकाे वर्षकाे विश्व कपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेकाे थियाे ।

 

अन्तिम अपडेट: चैत ७, २०७९