श्रीलङ्काले न्युजिल्यान्डलाई ‘सुपर ओभर’ मा हरायाे

भूगाेल संवाददाता
१९ चैत्र २०७९, आईतवार १५:०२

न्युजिल्यान्डसँगको पहिलो टी–२० क्रिकेट श्रीलङ्काले जितेको छ । अकल्यान्डमा श्रीलङ्काले न्युजिल्यान्डलाई ‘सुपर ओभर’ मा हराएको हो । सुपर ओभरमा न्युजिल्यान्डले दिएको ९ रनको लक्ष्य श्रीलङ्काले ३ बलमै पूरा गर्‍याे ।

यसअघि श्रीलङ्काले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएकोमा न्युजिल्यान्डले १२ रन बनायो । उसका लागि ड्यारेल मिचेलले सर्वाधिक ६६ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरङ्गा, प्रमोद मदुशान र दासुन सनाकाले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनायाे । उसका लागि कुशल परेराले नटआउट ५३ र चारिथ असलङ्काले ६७ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले २ विकेट लिए ।

यी दुई देशबीच ३ खेलको टी–२० शृङ्खला भइरहेको हो । यसअघि भएको एकदिवसीय र टेस्ट शृङ्खला घरेलु टोली न्युजिल्यान्डले जितेको थियो ।