कोरोना संक्रमणबाट आजपनि एक जनाको मृत्यु, १२१ जना संक्रमित

भूगाेल संवाददाता
२९ चैत्र २०७९, बुधबार १७:३०

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ ।

यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।