पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण, १२ जना आईसीयूमा

भूगाेल संवाददाता
३० चैत्र २०७९, बिहीबार १६:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एक हजार ४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।