कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, १०४ जनामा संक्रमण

भूगाेल संवाददाता
४ बैशाख २०८०, सोमबार १७:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । यही अवधिमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३२ नमुनामध्‍ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ ।