उपराष्ट्रपति पद आवश्यक नभएको रास्वपा सांसद झाको भनाई

भूगाेल संवाददाता
१० असार २०८०, आईतवार १३:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन् ।

उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाए । उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने उनको भनाइ छ ।