नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ : ओली

भूगाेल संवाददाता
१० असार २०८०, आईतवार १७:२७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उहाँले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताउनुभयो । उहाँले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट वभाजनसम्म पुग्यो ? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो रु त्यसको विश्लेषण जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि राम्रो हुने बताउनुभयो ।