एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियाविरुद्ध नेपालको मध्यम ब्याटिङ
काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध मध्यम ब्याटिङ सुरुवात गरेको छ ।
बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १०.२ ओभरमा २ विकेट गुमाउँदै ४५ रन बनाएको छ ।
नेपालकी कविता कुँवर ३१ बलमा २ चौकासहित २३ रन आउट भइन् । कप्तान इन्दु बर्मा १५ र रुविना क्षेत्री १ रनमा क्रिजमा छिन् ।
नेपालले ओपनर सीता रानामगरलाई ६ रनमा गुमाएको थियो । महिराह इजाती इस्लामीको बलमा सीता एलबीडब्लू आउट हुँदा नेपाल ४ ओभरमा १०–१ को अवस्थामा थियो ।
दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । इन्दु एक रनको लागि नदौडिएपछि कविता रन आउट भएकी थिइन् ।
यस खेलको विजेता टोलीले यसैवर्ष हुने महिला टी-२० एसिया कप खेल्न पाउनेछ । युएईले पहिलो सेमिफाइनल खेलमा थाइल्याण्डलाई ४ रनले हराउँदै फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि स्थान बनाएको छ ।