नामिबियाविरुद्ध नेपाललाई तेस्रो, रोहितलाई दोस्रो सफलता
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।
कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा जान फ्रिलिंकलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए ।
१०.४ ओभरमा आउट हुनुअघि फ्रिलिंकले ७ बलमा मात्र ५ रन बनाए । उनी आउट हुँदा नामिबिया ६२ रनको स्थितिमा छ ।
यो रोहितको दोस्रो सफलता हो । यसअघि उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराएका थिए ।
यसअघि करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरेका थिए ।