एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ। एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० जना सदस्य छन् ।