फेरि सर्यो प्रतिनिधि सभा बैठक, सोमबार दिउँसो ४ बजे बस्ने
सोमबार (असार३१ गते) दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक सरेको छ । अब बैठक सोही दिन दिउँसो ४ बजे बस्ने छ । विशेष कारणबस’ बैठक सारिएको संसद सचिवालयले आज जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको थियो । यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।