फ्राइडे रिलिज: हलमा लागे तीन विदेशी फिल्म

भूगाेल संवाददाता
४ श्रावण २०८१, शुक्रबार १३:३६

काठमाडौँ । आज शुक्रबार नेपाली सिनेमाहलमा तीन नयाँ फिल्महरु प्रदर्शन भएका छन् । कुनै पनि नयाँ नेपाली फिल्म रिलिज नहुँदा आज विदेशी फिल्म मात्रै रिलिज भएका हुन् । बलिउड फिल्म ‘ब्याड न्युज’ सहित हलिउड फिल्म ‘ट्वीस्टर्स’ र जापानी एनिमेटेड ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ हलमा लागेका छन् ।

पीजी सर्टिफिकेट पाएको ‘ब्याड न्युज’ कमेडी र रोमान्स जनराको फिल्म हो । आनन्द तिवारीको निर्देशन रहेको फिल्ममा विक्की कौशल, तृप्ति डिमरी र एम्मी भिराक मुख्य भूमिकामा छन् । हलिउड फिल्म ‘ट्वीस्टर्स’ मा ग्लेन पावेल डेजी एड्गर, जोन्स एन्थोनी रामोस र किर्नन सिपकाको अभिनय रहेको छ। एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई ली आइज्याक चुङले निर्देशन गरेका हुन्। यस फिल्मले सामुन्द्रिक आँधी आउने बाटोमा फरेका पात्रको कथा भन्छ ।
जापानी एनिमेटेड ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ लाई सुनसुके इसिहाराले निर्देशन गरेका हुन् । पीजी सर्टिफिकेट पाएको यस फिल्मले कोनन र किड द फ्यान्टम चोरबीको टकरावको कथा भन्छ ।