एमालेमा महेश बर्तौलाको लगातार बढुवा

भूगाेल संवाददाता
१७ श्रावण २०८१, बिहीबार १७:२७

काठमाडौं। नेकपा एमालेले युवा नेता महेश बर्तौलालाई केन्द्रीय सदस्य बनाएको छ । बिहीबार बसेको सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको हो ।

यसअघि बर्तौलालाई संसदीय जिम्मेवारी दिँदा एमालेले सचेतक हुँदै प्रमुख सचेतक बनाएको थियो । हाल उनी सत्तारुढ दलको तर्फबाट मुख्य सचेतक समेत रहेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बर्तौलाले नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता विरोध खतिवडालाई पराजित गरेका थिए ।