जोन रानामगरको स्मृतिमा मनहरीमा फुटबल प्रतियोगिता
हेटौंडा । मनहरीमा पहिलो संस्करणको जोन स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सयपत्री युवा क्लब मनहरी.६, मकवानपुरको आयोजनामा भदौ ५ गतेबाट प्रतियोगिता हुने भएको हो ।
बिहिवार क्लबको आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै सयपत्री युवा क्लबका अध्यक्ष सुरज श्रेष्ठले स्वर्गिय जोन रानामगरको स्मृतिमा हुने प्रतियोगीताले परिवारप्रति सहानुभूति मिल्ने बताए । उनले समग्र खेलकुद स्तरलाई पनि माथी उकास्ने उदेश्यका साथ प्रतियोगिता अयोजना गर्न लागेको बताए।
मनहरी–६, सुनाचुरी जोगिताल खेलमैदानमा हुने प्रतियोगितामा प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, उच्च गोलकर्ताले २ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १ लाख २० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगितामा केदार योन्जन संयोजकको भुमिकामा रहने छन्।