हेटौंडामा सबिन राईको कन्सर्ट हुने

भूगाेल संवाददाता
४ भाद्र २०८१, मंगलवार १२:५३

हेटौंडा । चर्चित पप गायक सबिन राई असोज २५ गते हेटौंडा आउने भएका छन् । उनी दसैं म्यूजिक फेस्टिवल अन्तर्गत सन्सर्टका लागी हेटौंडा आउने भएका हुन् ।

उनले आफुलाई हेटौंडा आउने रहर भएको र भाद्र २९ गतेको कन्र्सट असोज २५ मा सारिएको भिडियोमा बताइएको छ । आयोजकले कन्सर्ट हेटौंडाको कुन ठाउँमा गर्ने तय हुन बाँकी रहेको स्रोतले बताए । उनि आउने कुराले उनका समर्थकहरु उत्साहीत देखिन्छन् ।