हेटौंडा बसपार्कको रत्ना होटलमा थानाभर्याङकी एलिसा मृत फेला

भूगाेल संवाददाता
१० भाद्र २०८१, सोमबार १६:२०

हेटौंडा । हेटौंडा बसपार्कको रत्ना होटलमा एक युवती मृत फेला परेकी छन्। हेटौंडा– ११ थानाभर्याङकी अन्दाजी २२/२३ वर्षीय एलिसा न्यौपाने मृत फेला परेकी हुन्। मृतकको आफन्तबाट उनको पहिचान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आइतबार बेलुकी ५ बजे न्यौपाने अन्दाजी २५/३० वर्षीय एक पुरुषसँग सो होटलको २०५ नं. कोठामा बसेको प्रहरीले जानकारी दिए। प्रहरीका अनुसार पुरुष निस्की गएपनि महिला कोठाबाट अबेर सम्म बाहिर ननिस्किए पछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो।

प्रहरी घटनास्थल पुगी झ्याल खोली बाहिरबाट हेर्दा खाट माथि उत्तानो परी सिरकले मुख छोपिएको अवस्थामा युवतीको लास देखिएको प्रहरीले जनाएको छ। कोठाको भुईको विभिन्न स्थानमा रगतको दाग देखिएको र भित्रबाट ढोकामा चुकुल लगाएको अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ। त्यस्तै, मृतकको लास हेटौंडा अस्पतालमा पोस्मार्टमको लागी लगीएको र आवस्यक थप अनुसन्धान जारि रहेको जनाएको छ।