हेटौँडाकी रोमिया भट्टराई डान्स च्याम्पियनको फाईनलमा

भूगाेल संवाददाता
८ आश्विन २०८१, मंगलवार १४:०२

मकवानपुर । हेटौँडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाईनलमा पुगेकी छिन् । हेटौँडा उपहानगरपालिका वडा नम्बर ८ श्रमिक टोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाईनल राउण्डमा प्रवेश गरेकी हुन् ।

हेटौँडाका विभिन्न नृत्य प्रतियोगिताहरुमा समेत नाम कमाएकी रोमिया शोको कान्छी प्रतियोगी हुन् । उनी ११ वर्षकी भईन् । फाईनलमा पुगेसँगै उनलाई जिताउनका लागि हेटौँडामा अभियान समेत सुरु भएको छ ।

उनलाई इभेन्ट एण्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिन्छ ।
रोमियासँगै फाईनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन् ।