मनहरीमा जुवातास खेलिरहेका पुर्व वडाअध्यक्ष मोक्तान सहित ८ जना पक्राउ

भूगाेल संवाददाता
१ कार्तिक २०८१, बिहीबार ११:५०

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको भुलचोकबाट जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । बिहिवार राती करिब १२ बजेको समयमा मनहरी- ६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिशाल सापकोटाको टोलीले उनीहरुको साथबाट १० बुक तास र ४५ हजार ४४५ रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए।

प्रहरीका अनुसार मनहरी-६ का ४७ वर्षीय रेशम तामाङ, २४ वर्षीय रविन मोक्तान, ५३ वर्षीय गोपीलाल मोक्तान, ४२ वर्षीय अशोक राई, ४० वर्षीय कृष्ण थिङ, ४० वर्षीय कृष्ण पाख्रिन, ४५ वर्षीय सन्तोष राई र ३३ वर्षीय विष्णु पाख्रिन पक्राउ परेका हुन् ।

गोपीलाल मोक्तान मनहरी-६ का पुर्व वडाअध्यक्ष हुन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।