हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम भोलिबाट सुरु

भूगाेल संवाददाता
५ कार्तिक २०८१, सोमबार १७:४४

हेटौंडा । हेटौंडा जेसीजले विभिन्न कार्यक्रम आयोजना गरी ‘जेसीज सप्ताह २०२४’ मनाउने भएको छ । भोलि कार्तिक ६ गतेदेखि ९ गतेसम्म साइक्लिङ् तथा खेल प्रतियोगिता, दूव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम, शैक्षिक सामग्री वितरण, रक्तदान लगायतका कार्यक्रमहरु गरिने हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।

विगतमा सप्ताहव्यापी रुपमा सातै दिन कार्यक्रमहरु गरिएको भएपनि यसवर्ष ४ दिनमै ७ वटा कार्यक्रम सम्पन्न गरिने उनले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन विहान ७ बजे हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस आयोजना गरिने जनाइएको छ ।

सोही दिन दिउँसो ४ बजे जेसीजको सचिवालयमा वतृत्वकला प्रतियोगिता हुनेछ । त्यस्तै कार्तिक ७ गते विहान ७ बजे हेटौंडा १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा विहान शैक्षिक सामग्री वितरण कार्यक्रम, कार्तिक ८ गते विहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम र सोही दिन विहान ९ बजे सितलमहलचोकमा स्लो मोटरबाइकल प्रतियोगिता हुने जनाइएको छ । कार्तिक ८ गते नै दिउँसो ४ बजे हेटौंडा ९ मा लागूऔषध दूव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम आयोजना गरिने र कार्तिक ९ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले बताए ।