कुखुरा बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु

भूगाेल संवाददाता
७ कार्तिक २०८१, बुधबार १०:२१

काठमाडौं । ललितपुरमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान २:३७ बजे ललितपुरको बागमती गाउँपालिका–३ माझखोलामा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेको बोलेरो गाडी सडकबाट अन्दाजी पाँचसय मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

उनको शव पोस्टमर्टमका लागि पाटन अस्पताल लगिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा चितवन घर भएका अन्दाजी २७/२८ वर्षका भरत लामिछाने छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

गाडीका सहचालक कासी भनिने अन्दाजी २७/२८ वर्षकै पुरूष गम्भीर घाइते छन्। उनको टाउकोमा चोट लागेको छ। उनलाई प्रहरीले भीरबाट उद्धार गरी उपचारका लागि उपचारका लागि पाटन अस्पताल लगिएको एसपी पौडेलले जानकारी दिए।

गाडी आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।