सिंहदरबारबाट सरकारको सयदिने उपलब्धि सुनाउँदै प्रधानमन्त्री

भूगाेल संवाददाता
७ कार्तिक २०८१, बुधबार १५:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिनको प्रमुख कार्य र उपलब्धिको विवरण सुनाउन थालेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो । सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालसहितले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसको साथ लिएर गत असार ३१ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

तर दुईतिहाइ बहुमत नजिकको सरकारको कार्यशैली र प्रगतिलाई लिएर जनसाधारणमा असन्तोष छ ।