पूर्वराष्ट्रपति बिद्या भण्डारीका भाइको अमेरिकामा गयो ज्यान

भूगाेल संवाददाता
९ कार्तिक २०८१, शुक्रबार १४:४२

काठमाडौं । अमेरिकामा फेरि एक नेपालीको ज्यान गएको छ । क्यालिफोर्नियामा बस्दै आएका डेगेन्द्र पाण्डेले आत्महत्या गरेको भन्ने एकथरी छन् भने कतिपय चाहिँ बाथरुममा लडेर ज्यान गएको भन्नेहरु पनि छन् । घटना गत साताको हो ।

डिभी परेर सन २००६ देखि अमेरिकामा बस्दै आएका पाण्डे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका माहिला भाइ हुन् । मृत्युको खास कारण खुलेको छैन ।