हेटौंडा अटाे माेवाइल्सकाे मैत्रीपुर्ण फुटवल प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

भूगाेल संवाददाता
१० कार्तिक २०८१, शनिबार २१:५६

हेटौंडा । हेटौंडा अटाे माेवाइल्स एशाेसियसन मकवानपुरकाे आयाेजनामा शुभ दिपावली, नेपाल संम्वत, छठपर्व तथा ल्हाेसारकाे अवसरमा आयाेजित प्रथम अटाेमाेवाइल्स मैत्रीपुर्ण फुटवल प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । शनिवार पिप्ले क्याम्पा रंगशालामा आयाेजना भएकाे मैत्रि पुर्ण फुटबल प्रतियाेगितामा टिम ए ले टिम वि लाई १ काे विरुद्द ४ गाेलले विजयि भएकाे हाे ।

प्रतियाेगितामा बेष्ट प्लेयर अवार्डबाट रघुनाथ वर्ताैला घाेषित भएका थिए । टिम ए काे तर्फबाट दुर्वाश खड्काले विजयि सुरुवात गरेका थिए । प्रतियोगितामा टिम वि काे तर्फबाट प्रदिप दलालले बराबरि मा पुर्याएकाेमा पुन टिम ए बाट साेनी शर्मा, रघुनाथ बर्ताैला र प्रकाश रिजालले क्रमश गाेल गर्दै टिम ए बिजय भएकाे थियाे ।

अटाेमाेवाइल्सका अध्यक्ष ऋषि ढकालकाे सभाध्यक्षता प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्व अध्यक्ष सागर सापकाेटा,पुर्व अध्यक्ष सुरेश श्रेष्ठ कार्यक्रम संयाेजक तथा क्षेत्रिय सभापति (दक्षिण क्षेत्र दिपेश खड्गि, सल्लाहाकार सुरेशकुमार श्रेष्ठ, नारायण प्रसाद करेला, वरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी लगायतकाे उपस्थिति रहेकाे ।

त्यसेैगरि अटाेमाेवाइल्सकाे शुभकामना आदान प्रदान कार्यक्रममा उधाेग बाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण गुप्ताकाे प्रमुख आतिथ्यता तथा एशाेसियसनका काेषाध्यक्ष तथा कार्यक्रम संयाेजक श्याम प्रसाद कंडेल सभाध्यक्षता रहेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि गुप्ताले कतिपय संस्थाहरु झाेलामा सिमित छन, अाफ्ना व्यवसायहरु नीति र विधिमा चल्नुपर्छ भनेर नविकरण प्रक्रिया अबलम्बन गरेका छाै, उधाेग वाणिज्य संघले करचुक्ताकाे विषयमा मात्र बाेल्याे भन्ने कुरामा चियाेफलचर्चाे भयाे, ३२ वटा वस्तुगत संस्थाहरु रहेकाे, जुन संस्था गतिशिल हुन्छ उक्त संस्थाका व्यवसायी पनि उर्जाशिल रहन्छ, देशमा हाल अार्थिक मन्दिकाे चपेटामा छ जसबाट काेहि व्यवसायी पनि अछुताे छैनन, हरेक व्यवसायिहरुकाे व्यवसाय सफल भए मात्र उधाेग वाणिज्य संघकाे अस्तित्व रहन्छ । व्यवसाय र व्यापार बचाउन अाफु पनि बाच्नु पर्छ र अरु पनि बाच्नु पर्छ भन्ने साेचले व्यापार गर्नुपर्छ, मउवासंघ संधै व्यवासायिकाे हितमा रहेकाे कुरा व्यक्त गर्नुभएकाे ।

कार्यक्रममा अटाे माेवाइल्सका केन्द्रीय सदस्य तथा पुर्व अध्यक्ष सागर सापकाेटाले व्यवसायीहरुले सामान्य नीति नियम समेत लागु नगरेकाेले आफ्नाे व्यवासायिक नीति र विधिलाई अबलम्बन गर्न जरुरि रहेकाे छ भन्दै व्यवसायीहरुले आफ्ना कमि कमजाेरीलाइ सच्याउँदै व्यवासायिक एकरुपतामा अघि बढ्न अनुराेध गरे त्यस्तै कार्यक्रममा विजयराज सिग्देलले मानिसले समय अनुसार अपडेट हुन आवस्यक हुन्छ, यक अर्कामा बाँचेकाे अनुभूति दिलाउनु ठुलाे कुरा हाे, प्रकृतिले सबैलाई दिन जानेकाे छ हामीले पनि अरुलाइ के दियाै भन्नेतर्फ पनि ध्यान दिन सके उत्तम हुनेछ, स्वयं भित्रकाे दिपलाइ हरदम जगाउन जरुरि छ, जिवनमा पाएकाे कुराप्रति मुस्कुराउन जान्याै भने जीवन सहज लाग्ने लगायतका कुरा व्यक्त गरेका थिए ।

कार्यक्रममा मकवानपुर उवासंघ उपाध्यक्ष प्रमाेद सिं रानाभाट, एशाेसियसनका अध्यक्ष ऋषि ढकाल, केन्द्रीय सदस्य राजु रानाभाट, एशाेसियसनका बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।