काठमाडौँबाट नारायणगढ आउँदै गरेको माइक्रो पाँचकिलोमा पल्टियो, २ जना घाइत
हेटौंडा । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोनजिकै माइक्रो बस दुर्घटना भएको छ ।
चितवन प्रहरीका अनुसार गएराति करिब १२ बजे काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०८९ ००१ ज ०२ नम्बरको इभी माइक्रो दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार माइक्रो आफैँ अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा दुई जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
घाइते हुनेमा चितवनको राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीया सुनिता घले (बाँया हातमा चोट, अवस्था मध्यम) र चितवनकै भरतपुर महानगरपालिका–९ बस्ने ४३ वर्षका लेखनाथ गैरे (अवस्था मध्यम) रहेको चितवन प्रहरीले जनाएको छ ।