१५ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १५.८३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ७२ करोडको कारोबार भएकोमा ६ अर्ब ३४ करोडको भयो । कुल १६९ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ९ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.२७ प्रतिशत बढ्यो ।
त्यस्तै बैंकिङ ०.११, विकास बैंक १.२१, होटल तथा पर्यटन १.२४, हाइड्रोपावर ०.४४, लगानी १.०५, जीवन बीमा ०.२३, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा १.२७, अन्य १.६८ र व्यापार समूह ०.०९ प्रतिशत बढे । उत्पादन समूह ०.२३ प्रतिशत घट्यो ।
बेस्ट फाइनान्स र सुपरमादी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, स्वाभिमान लघुवित्तको ९.७, सप्तकोशी विकास बैंकको ९.६, विन्ध्यबासिनी हाइड्रोपावरको ८.५, एनएलजी इन्स्योरेन्सको ७.४, थ्रीस्टार हाइड्रोपावरको ७.२ प्रतिशत मूल्य बढ्यो ।
ङादी ग्रुप पावरको १० प्रतिशत मूल्य घट्यो । जानाकी फाइनान्सको ३.४ तथा मध्यभोटेकोशीको २.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, बेस्ट फाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।