नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा नेपालको पहिलो जित
काठमाडौं । पाकिस्तानमा भइरहेको नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ। नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई १०८ रनले हरायो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो।
नेपालका लागि पदम बढाइलाले सर्वाधिक ९२ रन जोडे। नरेश चौधरीले ७२ रनको योगदान गरे। २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्न सक्यो। उसका लागि अबासिनले ५३ रन बनाए। बलिङमा नेपालका सुनिल मगरले ३ विकेट लिए।
यसअघिका दुई खेलमा भने नेपाल पराजित भएको थियो। नेपालले श्रीलंका र बंगलादेशसँग हार बेहोरेको थियो।