इसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

भूगाेल संवाददाता
२३ मंसिर २०८१, आईतवार १४:५४

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको दोस्रो खेलमा हसन इसाखाइलको अर्धशतकमा चितवन राइजोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा पहिला ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो । यसका लागि चितवनका ओपनरसमेत रहेका अफगानिस्तानका ओपनर हसन इसाखाइलले सर्वाधिक ६५ रन जोडे । ५२ बल खेलेका उनले ६ चौका र ३ छक्काको प्रहार गरे ।

उनलाई १५ ओभरको पहिलो बलमा तेस्रो विकेटकारुपमा सुदूरपश्चिमका स्कट कुग्गेलिजनले नरेश बूढाऐरमार्फत क्याच आउट गरेका हुन् ।अर्का ओपनर सन्तोष कार्कीको ब्याट आजको खेलमा चल्न सकेन । उनी केबल ९ रनमा आउट भए । बिपिन रावलले २० बल खर्चेर १७ रन जोड्दा २ चौका प्रहार गरे । कप्तानसमेत रहेका कुशल मल्लको ब्याट पनि आजको खेल्नमा चल्न सकेन । उनी १६ बल खर्चेर १३ रनमा पवेलियन फर्किए ।

तस्बिरहरूः