तोलामा ४०० बढ्यो सुन

भूगाेल संवाददाता
१२ पुष २०८१, शुक्रबार ११:४६

काठमाडौं । सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३०० रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँको मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँ पुगेको छ ।